News Griha :: न्यूजगृह
बिना मिटरका सडक बत्ती हटाउन प्राधिकरणको निर्देशन
बिना मिटरका सडक बत्ती हटाउन प्राधिकरणको निर्देशन स्थानीय तहहरूले सडक बत्ती वापत विद्युत् उपभोग गरेको बक्यौता महसुल भुक्तानी गर्न र बिना मिटर विद्युत उपभोग गरेको सडक बत्तीका लागि रीतपूर्वक मिटर जडान गर्न प्राधिकरणले निर्देशन दिएको हो ।
हात्तीको आक्रमणबाट झापामा भुटानी शरणार्थीको मृत्यु
हात्तीको आक्रमणबाट झापामा भुटानी शरणार्थीको मृत्यु जङ्गली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ ।
भूकम्प : चिसोबाट जाजरकोटमा एक महिने शिशुको मृत्यु 
भूकम्प : चिसोबाट जाजरकोटमा एक महिने शिशुको मृत्यु  भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका– २ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरूताको चिसोले मृत्यु भएको हो । भेरी –२ का पूर्ववडाध्यक्ष कालिबहादुर वलीका अनुसार तीन दिनअघि बिरामी परेकी शिशुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो ।
करेन्ट लागेर पोखरामा दम्पतीको मृत्यु
करेन्ट लागेर पोखरामा दम्पतीको मृत्यु मृत्यु हुनेमा मुस्ताङको जोमसोम घर भएका ४६ वर्षीय भीमलाल सुनार  र उनकी श्रीमती ४६ वर्षीय सावित्री सुनार छन् । उनीहरूले पोखरा महानगरपालिका-२९ पटनेरीमा खेतमा पानी लैजाने कुलोबाट करेन्ट लगाएर माछा मार्न खोजेका थिए ।
काठमाडौंको तापक्रम १० डिग्री सेल्सियसमा झर्‍यो, चिसो बढ्छ? 
काठमाडौंको तापक्रम १० डिग्री सेल्सियसमा झर्‍यो, चिसो बढ्छ?  ५:४५ बजे काठमाडौंको तापक्रम १०.३ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो काठमाडौंको अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।
दाङमा एकै घरका दाजुभाइ मृत भेटिए
दाङमा एकै घरका दाजुभाइ मृत भेटिए तुलसीपुरमा एकै घरका दुई दाजुभाइ मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका–६ गाइडहरमा कोठा भाडामा लिएर बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन् ।
करेन्ट लागेर बाँकेमा एक युवकको मृत्यु
करेन्ट लागेर बाँकेमा एक युवकको मृत्यु खजुरा गाउँपालिका-१ बस्ने दैलेखको नौमुले गाउँपालिका-४ जैसीडाँडा घर भएका २३ वर्षीय सविन रानाको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
२ किलो कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक पक्राउ
२ किलो कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक पक्राउ कतारबाट नेपाल आएर भुटान जान लागेकी भारतकी ३२ वर्षीया किमरो साँगीलाई लागूऔषध नियन्त्रण ब्युरोको टोलले विमानस्थलबाट पक्राउ गरेको हो । उनी इथियोपियाबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।‍
गाडीको ठक्करबाट छठ व्रतालुको मृत्यु, ट्राफिक प्रहरी घाइते
गाडीको ठक्करबाट छठ व्रतालुको मृत्यु, ट्राफिक प्रहरी घाइते पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवनको नोचामा गाडीले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सविन कार्कीले जानकारी दिए । नोचास्थित छठ घाटमा छठ पूजा गरेर घर फर्किँदै गरेको पोखरेललाई मधेस प्रदेश–०३–००१ ज ०३४२ नम्बरको गाडीले ठक्कर दिएको हो ।
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिको जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पन गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न भएको छ ।  
मकवानपुरमा ट्रकको ठक्करबाट महिलाको मृत्यु
मकवानपुरमा ट्रकको ठक्करबाट महिलाको मृत्यु प्रहरीका अनुसार ३८ वर्षीया निरा बजगाईंको मृत्यु भएको हो । द्रुत गतिमा हुइँकिएको ट्रकको ठक्करबाट उनको घटनास्थलमा नै मुत्यु भएको हो । चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको प्रहरीले जनाएको छ । 
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ दिइयो
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ दिइयो छठ पर्वको मुख्य दिन कात्तिक शुल्क षष्टिमा अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिने चलन छ । छठ कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व हो ।
Weather Update