News Griha :: न्यूजगृह
करेन्ट लागेर पोखरामा दम्पतीको मृत्यु

कास्की— पोखरामा करेन्ट लगाएर माछा मार्न खोज्दा दम्पतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मुस्ताङको जोमसोम घर भएका ४६ वर्षीय भीमलाल सुनार  र उनकी श्रीमती ४६ वर्षीय सावित्री सुनार छन् । उनीहरूले पोखरा महानगरपालिका-२९ पटनेरीमा खेतमा पानी लैजाने कुलोबाट करेन्ट लगाएर माछा मार्न खोजेका थिए ।

करेन्ट लागेर घाइते भएका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।   

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  ०९:२६
Weather Update