२ किलो कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक पक्राउ
काठमाडौं— कतारबाट काठमाडौं आएकी भारतीय महिला झन्डै २ किलो कोकिनसहित सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन् ।
कतारबाट नेपाल आएर भुटान जान लागेकी भारतकी ३२ वर्षीया किमरो साँगीलाई लागूऔषध नियन्त्रण ब्युरोको टोलले विमानस्थलबाट पक्राउ गरेको हो । उनी इथियोपियाबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।
लागूऔषध नियन्त्रण ब्युरो प्रमुख एसएसपी गोविन्द थपलियाका अनुसार काठमाडौं ट्रान्जिट बनाएर भुटान उड्न लाग्दा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट एक किलो ९७३ ग्राम लागूऔषध कोकिन बरामद भएको छ।
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८० १५:४०