प्रहरीले करिब ८ हजार गाँजाका बोट नष्ट गर्यो बिहीबार, मंसिर १४, २०८०

बागमतीसहित यी प्रदेशमा आज वर्षासँगै हिमपात बिहीबार, मंसिर १४, २०८० विभागका अनुसार आज बिहान मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायत पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
घरायसी विवादमा श्रीमती र बुहारीको हत्या, दुई जना पक्राउ बुधबार, मंसिर १३, २०८० हत्या आरोपमा पक्राउ परेका सिरहा नगरपालिका— १५ सुखचैना गाउँका ४० वर्षीय देवेन्द्र यादव र कल्याणपुर नगरपालिका– ८ बड्की टोलका ५१ वर्षीय रामअशिष दासलाई सिरहा प्रहरीले आज सार्वजनिक गरेको हो । यादवविरुद्ध श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोप छ भने दासविरुद्ध बुहारीलाई बन्चरो प्रहारी गरी हत्या गरेको आरोप छ ।

वडाध्यक्ष कै अगुवाइमा बाटो अवरुद्ध बुधबार, मंसिर १३, २०८० मोरङको पथरी शनिश्चरे नगरपालिकामा पर्ने मनमोहन गान्धी मार्ग स्थानीयले बन्द गरेका छन् । तीन वर्षमा काम सम्पन्न गर्नेगरी कान्छाराम कन्ट्रक्सनले कामको जिम्मा लिए पनि बाटो अझै अलपत्र भएपछि वडा अध्यक्षकै अगुवाइमा बाटो बन्द गरिएको हो ।

प्रहरीले गर्यो १२ कठ्ठामा लगाइएको गाँजा खेती फडानी बुधबार, मंसिर १३, २०८० जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाट खटिएको प्रहरी टोलीले २० स्थान गरी १२ कठ्ठामा लगाइएको गाँजा खेती फडानी गरेको हो । नेपालमा गाँजा खेती गर्न प्रतिबन्ध छ ।

कुटपिटबाट कैलालीमा १ युवकको मृत्यु, ७ जना पक्राउ बुधबार, मंसिर १३, २०८० कुटपिटमा संलग्न रहेको अभियोगमा लम्कीचुहा नगरपालिका–९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुलसमेत ७ जनालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्ने अन्यमा लम्कीचुहा कै विशाल भुल, गणेश भुल, सन्तोष परियार, पिन्टु चौधरी, दिलबहादुर चौधरी र पुरन सार्की छन् ।

चोरको निसानामा सांसद्का श्रीमती, लुटियो सुनको सिक्री मंगलबार, मंसिर १२, २०८० घट्टेकुलोबाट राष्ट्रिय सभा सदस्य महेशकुमार महरा पत्नीको झोला चोरी भएको छ । मंगलबार बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उनकी पत्नीको साथमा भएको झोला चोरी भएको हो । उक्त झोलामा सुनको सिक्री, मोबाइल रहेको सांसद महराले बताए ।

उर्लाबारी आगलागी घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो मंगलबार, मंसिर १२, २०८० मोरङको उर्लाबारीमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । कात्तिक २६ गते लक्ष्मीपूजाको दिन उर्लाबारी नगरपालिका– ७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको हो । आगो निभाउने क्रममा सिलिण्डर विस्फोट हुँदा चार प्रहरीसहित २८ जना घाइते भएका थिए...

पर्साबाट विभिन्न ब्राण्डका चकलेट बरामद मंगलबार, मंसिर १२, २०८० जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न ब्राण्डका चकलेट बरामद गरेको छ ।

कहाँ कहाँ छ वर्षा र हिमपातको सम्भावना? मंगलबार, मंसिर १२, २०८० जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ ।

नातिले लाठी प्रहार गर्दा हजुरबुबाको मृत्यु सोमबार, मंसिर ११, २०८० छोरीका छोरा (नाति) ३६ वर्षीय कृष्णबहादुर खड्काले कोदो चुट्ने लाठी ८२ वर्षीय हजुरबुबा लक्ष्मण लामामाथि प्रहार गर्दा उनको मृत्यु भएको हो । छिमेकीको घरमा नाति कृष्णबहादुरले कोदो चुटिरहेका बेला हजुरबुबा लक्ष्मण पनि त्यहाँ पुगेका थिए ।

जाजरकोट भूकम्प : चिसोबाट सुत्केरीको मृत्यु सोमबार, मंसिर ११, २०८० उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको गएराति चिसोबाट मृत्यु भएको जानकारी दिए। नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भने, ‘घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ ।’ चदाराले छोरीको जन्म दिएकी थिइन् ।

बेनीबाट बेपत्ता भएकी युवतीको शव २१ दिनपछि भेटियो, घटना शङ्कास्पद आइतबार, मंसिर १०, २०८० गत कात्तिक २१ गतेदेखि बेनीबाट हराएकी मङ्गला गाउँपालिका–३ बरंजाकी ३० वर्षीया पुष्पा सापकोटाको शव पर्वतको जलजला गाउँपालिका–३ मा पर्ने ठूलो सल्लेरी र भीरमुनी सामुदायिक वन क्षेत्रमा भेटिएको हो ।