प्रहरीले करिब ८ हजार गाँजाका बोट नष्ट गर्यो

पर्सा— जिल्ला प्रहरी कार्यालय पर्साले करिब १० कट्ठा क्षेत्रफलमा खेती गरिएको गाँजा नष्ट गरेको छ ।
प्रहरी निरीक्षक सन्तोष राईको कमान्डमा खटिएको टोलीले ठोरी गाउँपालिका वडा नं ३ र ४ मा खेती गरिएको गाँजा नष्ट गरेको हो । प्रहरीका अनुसार करिब ८ गाँजाका बोट नष्ट गरिएको हो । गाँजा खेतीमा संलग्नको पहिचान गरी समेत गराइएको पनि पर्सा प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८० १०:५७