पर्साबाट विभिन्न ब्राण्डका चकलेट बरामद

काठमाडौं— जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न ब्राण्डका चकलेट बरामद गरेको छ ।
भन्सार छली भित्राइएको चकलेट वीरगन्ज महानगरपालिका–६ बाट बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद चकलेटको मूल्य ८८ हजार ४८० रुपैयाँ रहेको पनि प्रहरीले जनाएको छ ।
बरामद चकलेट वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८० १०:१०