चोरको निसानामा सांसद्का श्रीमती, लुटियो सुनको सिक्री

काठमाडौं— घट्टेकुलोबाट राष्ट्रिय सभा सदस्य महेशकुमार महरा पत्नीको झोला चोरी भएको छ ।
मंगलबार बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उनकी पत्नीको साथमा भएको झोला चोरी भएको हो । उक्त झोलामा सुनको सिक्री, मोबाइल रहेको सांसद महराले बताए ।
'पत्नीले पसलको एउटा सटर खोलेर अर्को सटर खोल्ने क्रममा भुइँमा राखेको उक्त झोला अपरिचित व्यक्तिले तत्कालै उठाएर भागेको थियो,' उनले भने । उक्त घटनाका बारेमा प्रहरीले सीसीटीभी फुटेजका आधारमा अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८० १२:४१