News Griha :: न्यूजगृह
कुटपिटबाट कैलालीमा १ युवकको मृत्यु, ७ जना पक्राउ

कैलाली— कुटपिटबाट कैलालीको घोडाघोडी नगरपालिका– २ बस्ने २६ वर्षीय मोहन अधिकारीको मृत्यु भएको छ ।

कुटपिटमा संलग्न रहेको अभियोगमा लम्कीचुहा नगरपालिका–९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुलसमेत ७ जनालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्ने अन्यमा लम्कीचुहा कै विशाल भुल, गणेश भुल, सन्तोष परियार, पिन्टु चौधरी, दिलबहादुर चौधरी र पुरन सार्की छन् ।

लम्कीचुहा नगरपालिका– ९ घोराघाटस्थित आफन्तको विवाहमा आएका मोहनलाई विवेक लगायतका व्यक्तिहरूले मंगलबार राति कुटपिट गरेको प्रहरीको दाबी छ ।   

कुटपिटबाट गम्भीर घाइते भई अधिकारीलाई उपचारको लागि लालरत्न अस्पताल हुँदै टीकापुर अस्पताल कैलाली लगिएकोमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १३:४२
Weather Update