News Griha :: न्यूजगृह
गाडीको ठक्करबाट छठ व्रतालुको मृत्यु, ट्राफिक प्रहरी घाइते

काठमाडौं— सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा सोमबार बिहान गाडीले ठक्कर दिँदा एक छठ व्रतालु महिलाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवनको नोचामा गाडीले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सविन कार्कीले जानकारी दिए । नोचास्थित छठ घाटमा छठ पूजा गरेर घर फर्किँदै गरेको पोखरेललाई मधेस प्रदेश–०३–००१ ज ०३४२ नम्बरको गाडीले ठक्कर दिएको हो ।

महिलालाई ठक्कर दिई चालक भाग्ने क्रममा सोही गाडीको ठक्करबाट सडक सुरक्षार्थ खटिएको ट्राफिक प्रहरी हवल्दार सुबोधकुमार यादव घाइते भएको प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए । उनको बायाँ खुट्टा भाँचिएको छ । हवल्दार यादवको लालगढ अस्पतालमा उपचार भइरहेको छ । 

गाडीको ठक्करबाट सडक छेउमा रोकिराखेको बागमती प्रदेश–०२–०३८ प ०३११ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको छ। चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  ११:४४
Weather Update