News Griha :: न्यूजगृह
करेन्ट लागेर बाँकेमा एक युवकको मृत्यु

बाँके— बाँकेमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

खजुरा गाउँपालिका-१ बस्ने दैलेखको नौमुले गाउँपालिका-४ जैसीडाँडा घर भएका २३ वर्षीय सविन रानाको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

खजुरा गाउँपालिका-२ बलैपुरस्थित माछा पाल्न बनाएको पोखरीको डिलमा करेन्ट बिछ्‌याएको जीआई तारमा माछा मार्ने जालसहित करेन्ट लागेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको बाँके प्रहरीले जनाएको छ ।

nepali_patro_2nepali_patro_2
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १८:५०
Weather Update