छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ दिइयो

काठमाडौं— छठ पर्वका तेस्रो दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् ।
छठ पर्वको मुख्य दिन कात्तिक शुल्क षष्टिमा अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिने चलन छ । छठ कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व हो ।
तराई मधेसका जिल्लाहरूमा खोला, नदी, तलाउ, पोखरीमा विशेष सजिसजाउ गरी धूमधामका साथ पूजा आराधना भइरहेको छ ।
व्रतालु पुरुष तथा महिलाहरूले खोला किनारमा पूजा गरी अस्ताउँदै गरेको सूर्यलाई आइतबार अर्घ दिएका छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८० १८:५३