News Griha :: न्यूजगृह
मकवानपुरमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

मकवानपुर— मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ शान्तिटोलमा ट्रकको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ३८ वर्षीया निरा बजगाईंको मृत्यु भएको हो । द्रुत गतिमा हुइँकिएको ट्रकको ठक्करबाट उनको घटनास्थलमा नै मुत्यु भएको हो ।

चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  २१:०२
Weather Update