नक्कली नोटसहित २ पक्राउ

पर्सा— नक्कली नोटसहित पक्राउ परेका २ व्यक्तिलाई पर्सा प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।
कात्तिक २४ गते वीरगन्ज महानगरपालिका–८ स्थित सिटी मार्केटमा कपडा खरिद गर्ने क्रममा नक्कली नोटसहित पक्राउ परेका बारा कलैया उपमहानगरपालिका–३ का २५ वर्षीय उमेशकुमार र वीरगन्ज–३१ कोनियाका २४ वर्षीय ऋषिलाल पटेललाई प्रहरीले सार्वजनिक गरेको हो ।
उनीहरुको साथबाट नेपाली नक्कली नोट १ हजार दरका ३८ थान फेला परेको थियो ।
पक्राउ परेका दुबै जनामाथि खोटा चलनसम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कुमारविक्रम थापाले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८० १८:१९