News Griha :: न्यूजगृह
चिर्पट प्रहार गरी श्रीमतीको हत्या

खोटाङ— दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा मुढे लालीका ४० वर्षीय दावा शेर्पाले श्रीमतीको हत्या गरेका छन् ।

बिहीबार बेलुकी ५ बजेतिर ३६ वर्षीया श्रीमती लाक्पा दिकु शेर्पालाई चिर्पटले हानेर दावाले हत्या गरेका प्रहरीले जनाएको छ ।दावालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।  


 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  ०९:४४
Weather Update