News Griha :: न्यूजगृह
लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोठाटारमा गोली चलायो

काठमाडौं— गोठाटारमा प्रहरीले लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाएको छ ।

लागूऔषध कारोबारी भारतीय नागरिक मोहमद करिमलाई पक्राउ गर्न खोज्दा  आक्रमण गर्न खोजेपछि गोली चलाउनु परेको उपत्यका काठमाडौं अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

उनले भने, ‘करिमको दाहिने तीघ्रामा गोली लागेको छ ।’ 

उनको साथबाट दुई सय ग्राम खैरो हेरोइन र तराजु बरामद भएको एसपी रेग्मीले बताए । उनीसँगै झापा घर भएका हर्क लिम्बू पनि पक्राउ परेका छन् ।

लिम्बू र करिम एउटै समूहका लागूऔषध कारोबारी रहेको प्रहरीको दाबी छ । करिमको अहिले उपचार भइरहेको छ । 

यसअघि जेठमा पनि सिनामङ्गलमा प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले गोली हानेर एक जना लागूऔषध कारोबारीलाई समातेको थियो । 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १३:५३
Weather Update