News Griha :: न्यूजगृह
अरिङ्गालले टोकेर एक जनाको मृत्यु, एक घाइते

विराटनगर— घाँस काट्ने क्रममा अरिङ्गालको टोकाइबाट इलाम नगरपालिका–१२ साङरुम्बामा एकजनाको मृत्यु भएको छ ।

अरिङ्गालले चिलेर सिकिस्त भएका ३० वर्षीय सन्तोष लिम्बूको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा मृत्यु भएको हो । 

उनीसँगै अरिङ्गालले चिलेर घाइते भएका उनका ससुरा ५९ वर्षीय यामबहादुर लिम्बूको उपचार भइरहेको छ ।

घाँस काटिरहेका बेला नजिकै रहेको चिलाउनेको रुखबाट उडेर फैलिएका अरिङ्गालले उनीहरूलाई चिलेको जनाइएको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १३:५७
Weather Update