‘बिग बोस १७’ का विजेता फारुकी पक्राउ बुधबार, चैत १४, २०८०
बाल्टिमोरमा जहाजको ठक्करबाट पुल भत्कियो, ६ जना बेपत्ता बुधबार, चैत १४, २०८० अमेरिकी राज्य मेरिल्याण्डको बाल्टिमोर सहरमा सिंगापुरको एउटा जहाज ‘फ्रान्सिस स्कट की ब्रिज’सँग ठोक्किएको छ।स्थानीय समय अनुसार मंगलबार बिहान साढे एक बजे भएको घटनामा पुल पुल भत्किएर छ जना बेपत्ता भएका छन्। पुल पुनर्निमाण गरिरहेका छ जना बेपत्ता भएको र उनीहरूको खोजी जारी रहेको अधिकारीहरूले बताएका छन्।
कार्गो जहाज ठोक्किँदा अमेरिकाको बाल्टिमोरमा पुल भत्कियो, गाडीहरु पानीमा डुबे मंगलबार, चैत १३, २०८० अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा एउटा कार्गो जहाज ठोक्किएपछि ‘फ्रान्सिस स्कट की’ ब्रिजको एक भाग भत्किएको छ। अमेरिकी समयानुसार बिहान १:३० बजे उक्त घटना भएको हो। पुलमा ठोक्किएपछि जहाजमा आगो लागेको थियो। पछि जहाज पानीमा डुबेको थियो।
दक्षिण कोरियामा कुकुरको मासुमाथिको प्रतिबन्ध हटाउन माग मंगलबार, चैत १३, २०८० दक्षिण कोरियामा कुकुरको मासु उत्पादन गर्ने उद्योगका प्रतिनिधिहरूले उत्पादन र उपभोगमा लागेको प्रतिबन्ध हटाउन माग गरेका छन्। राजधानी सियोलमा कुकुरको मासुको व्यापार र उपभोगमा हालै लगाइएको प्रतिबन्ध खारेज गर्न माग गर्दै मंगलबार उनीहरूले त्यहाँको सर्वोच्च अदालत गुहारेका छन्।कुकुरको मासु उत्पादन र उपभोगमा लागेको प्रतिबन्ध असंवैधानिक र जनताको आधारभूत अधिकारकोविरुद्ध...
गाजा युद्धविराममा संयुक्त राष्ट्रको मतदान पछि बाइडेन–नेतान्याहूबीच टकराव मंगलबार, चैत १३, २०८० पछिल्लो समय अमेरिकाका राष्ट्रपति र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीचको खटपट सतहमा आएको छ। संयुक्त राष्ट्र सुरक्षा परिषदले इजरायल–हमास युद्ध सुरु भएदेखि पहिलो पटक गाजामा तत्काल युद्धविरामको पक्षमा मतदान भएपछि अमेरिका र इजरायलको सम्बन्धमा केही चिसोपना आएको विदेशी संचारमाध्यमहरुले बताएका छन्।
अमेरिकामा चिनियाँ ह्याकरलाई प्रतिबन्ध! मंगलबार, चैत १३, २०८० अमेरिकी सरकारले चिनियाँ ह्याकरहरूविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ। बाइडेन प्रशासनले धेरै चिनियाँ ह्याकरहरूलाई अमेरिकी कम्पनीहरू र सरकारी अधिकारीहरू विरुद्ध व्यापक ह्याक गरेको आरोपमा मुद्दा पनि चलाइनेछ।
मस्कोको सिटी हलमा भएको आतंकवादी हमलामा ज्यान गुमाउनेको संख्या १४३ पुग्यो आइतबार, चैत ११, २०८० मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलामा मृत्यु हुनेको संख्या १४३ पुगेको छ। आक्रमणको झण्डै २४ घण्टापछि राष्ट्रपति पुटिनले शनिबार राष्ट्रका नाममा सम्बोधन गर्दै आज राष्ट्रिय शोकको घोषणा पनि गरे। पुटिनले आक्रमणकारीले युक्रेनतर्फ भाग्न खोजेको बताउँदै उनीहरु सबै पक्राउ परेको र कडा सजाय हुने घोषणा पनि गरे।
वेल्सकी राजकुमारी केटलाई क्यान्सर शनिबार, चैत १०, २०८० क्रिसमसको दिन परिवारसहित चर्चमा देखा परेकी केट त्यसपछि सार्वजनिक कार्यक्रममा देखिएकी छैनन्। चिकित्सकहरूले भने केटलाई कस्तो प्रकारको क्यान्सर लागेको हो भन्नेबारे पत्ता लगाउन समय लाग्ने जनाएका छन्।
अरविन्द केजरीवाल : ‘भ्रष्टाचारविरुद्धको भारत’ नाराले उठायो, रक्सीले डुबायो! शनिबार, चैत १०, २०८० केजरीवालको गिरफ्तारीले दिल्लीमा संवैधानिक संकट उत्पन्न भएजस्तो देखिएको छ । जताततै आन्दोलनका कार्यक्रम तय गरिएका छन्। आपका नेताहरूले केजरिवालले मुख्यमन्त्रीको पदबाट राजीनामा नदिने र जेलबाट नै सरकार चलाउने बताएका छन्। यद्यपि, यसबारे पार्टीको औपचारिक निर्णय आउन बाँकी छ।
रुसको एक कन्सर्टमा आक्रमण हुँदा ६० जनाको मृत्यु, १४५ बढी घाइते [तस्बिरहरू] शनिबार, चैत १०, २०८० रुसको एक कन्सर्ट हलमा गोली चल्दा ६० जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार १४५ बढी घाइते छन्।शुक्रबार राति मस्कोको पश्चिमी उपनगरमा रहेको भेटेरन रक ब्याण्डको कन्सर्ट हेर्न जम्मा भएका दर्शकहरूको भीडमा गोली चलेको थियो। साथै विस्फोटक पदार्थ प्रहारसमेत भएको बीबीसीले जनाएको छ।
बलिउड अभिनेत्री स्वरालाई लोक सभाको टिकट दिँदै कांग्रेस शनिबार, चैत १०, २०८० लिउड अभिनेत्री स्वरा भास्कर अभिनयको दुनियाँमा निकै लोकप्रिय अभिनेत्री हुन्। अभिनयबाहेक उनी हरेक मुद्दामा खुलेर कुरा राख्छिन्। यिनै स्वरा अब लोकसभा चुनावको तयारीमा छन्।समाचार अनुसार कांग्रेस मुम्बईले स्वरालाई लोक सभाको टिकट दिने योजना बनाएको छ। यद्यपि कांग्रेस र स्वराबाट कुनै प्रतिक्रिया नआए पनि स्वरा निकटले भने यो खबरको पुष्टि...
आईएसले लियो मस्कोमा भएको आतंकवादी हमलाको जिम्मा शनिबार, चैत १०, २०८० रुसको राजधानी मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलाको जिम्मेवारी इस्लामिक स्टेट (आईएस) ले लिएको छ । आतंकवादी संगठनले अमाक समाचार एजेन्सी मार्फत एक विज्ञप्ति जारी गरेको छ । शुक्रबार राति भएको आतंकवादी हमलामा ६० जनाको मृत्यु भएको छ भने १४५ भन्दा बढी घाइते भएको क्रेमलिनले जनाएको छ ।हमलाको...
दिल्लीका मुख्यमन्त्री केजरीवाललाई अदालतमा उपस्थित गराइयो शुक्रबार, चैत ९, २०८० मदिरा नीति प्रकरणमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई ईडीले शुक्रबार अदालतमा पेस गरेको छ। उनलाई हिरासत राखेर थप अनुसन्धान गर्न अनुमतिकालाई केजरीवाललाई अदालतमा उपस्थित गराइएको हो। अहिले अदालतमा सुनुवाइ भइरहेको छ। अनुसन्धान एजेन्सीले उनलाई १० दिन हिरासतमा राख्न म्याद मागेको भारतीय सञ्चर मध्यमहरुले जनाएका छन्।