News Griha :: न्यूजगृह
भारतको छत्तीसगढमा प्रहरीसँगको मुठभेडमा २९ नक्सलवादी मारिए
Photo: PTI

काठमाडौं— भारतको छत्तीसगढमा मंगलबार भएको मुठभेडमा २९ जना माओवादी मारिएको भारतीय प्रहरीले दाबी गरेको छ।

यो घटनालाई भारत सरकारका गृहमन्त्री, मुख्यमन्त्री र प्रहरी अधिकारीहरूले इतिहासकै सबैभन्दा ठूलो सफलता हासिल गरेको भन्दै प्रहरीहरूलाई बधाई दिएका छन्।

Prabhu Bank

छत्तीसगढको माओवादी प्रभावित कांकेरको छोटेबेटिया क्षेत्रमा मंगलबार दिउँसो प्रहरी र माओवादी (नक्सलवादी) बीच भिडन्त भएको थियो।

सुरुमा प्रहरीले १८ जना माओवादी मारिएको जानकारी दिएको थियो। पछि फेरि प्रहरीले विज्ञप्ति जारी गरी २९ जना माओवादीको शव बरामद भएको र ३ जना प्रहरी घाइते भएको जानकारी दिएको हो।

बस्तर क्षेत्रमा १९ अप्रिलमा लोक सभा निर्वाचन हुनुअघि माओवादीहरू मारिएका हुन्। लोक सभा चुनाव बहिष्कार गर्न माओवादीले अपिल गरेको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ०७:३३
Weather Update