News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
६ हप्ता युद्धविराम गरे बन्धकहरूलाई रिहाइ गर्ने हमासको सर्त

काठमाडौं — छ महिनादेखि युद्धरत इजरायल र हमासबीच युद्धविरामको प्रयास सफल हुन सकेको छ।

हमासको कब्जामा रहेका इजरायली नागरिकहरूलाई छुटाउन इजराइलले राखेको प्रस्ताव अस्वीकार गरेको हमासले युद्धविरामका लागि नयाँ प्रस्ताव अघि सारेको छ। हमासले इजराइली बन्दीहरूको रिहाइका लागि इजरायली रक्षा बलले गाजा भइरहेका आक्रमण रोक्नुपर्ने र शहरी क्षेत्रहरूबाट ६ हप्तासम्म फिर्ता हुनुपर्ने सर्त राखेको हो। 

Prabhu Bank

एक मिडियाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार हमासले युद्धविराम र बन्धकहरूको रिहाइको लागि मध्यस्थकर्तामार्फत यस्ता सर्त अघि सारेको हो। हमासले १२९ जना बन्धनहरूलाई रिहा गर्नुअघि इजरायलले छ हप्ताको युद्धविराम गर्नुपर्ने माग गरेको हो। तर इजरायली सरकारको भने यसबारे कुनै प्रतिक्रिया आएको छैन। हमासले ६ हप्तासम्म युद्धविराम गरेपछि मात्रै इजरायली नागरिकहरूलाई रिहा गर्ने भनेको हो।

त्यस्तै, प्रति इजरायली नागरिकका लागि ३० प्यालेस्टिनी बन्दी रिहा गर्नुपर्ने हमासको सर्त छ। साथै, यसले प्रत्येक कब्जा गरिएका सैनिकहरूको लागि ५० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नुपर्ने भनेको छ। हमासले ७ अक्टोबरमा इजरायली शहरहरूमा पाँच हजारभन्दा बढी रकेट प्रहार गरेर आक्रमण सुरु गरेको थियो।

यसपछि हमासले इजरायलमा प्रवेश गरी मानिसहरूको हत्या गरेको थियो। यसको जवाफमा इजरायलले गाजामा हमासविरुद्ध कारबाही सुरु गरेको थियो। यस अपरेसनमा गाजामा हमासको स्थानमा व्यापक बमबारी भयो, जसका कारण गाजाको अधिकांश भाग भग्नावशेषमा परिणत भएको छ। इजरायल र गाजामा हालसम्म ३० हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १०:१४
Weather Update