News Griha :: न्यूजगृह
सिड्नीमा फेरि चक्कु प्रहार
Photo: independent/File

काठमाडौं—  अस्ट्रेलियाको सिड्नीमा फेरि चक्कु प्रहार भएको छ। अस्ट्रेलियाली प्रहरीले सिड्नीको एक चर्चमा सोमबार भएको चक्कु आक्रमणलाई धर्मको आधारमा प्रेरित ‘आतंकवाद कार्य’ भनेको छ। 

असिरियन क्राइस्ट द गुड सेफर्ड चर्चमा प्रार्थनाको क्रममा चक्कु प्रहार भएको हो। यस घटनामा एक १६ वर्षीय बालक पक्राउ परेका छन्। घटनामा चार जना घाइते छन्। आक्रमणकारी पनि घाइते भएका छन्।

Prabhu Bank

सिड्नीको उपनगर वेकेलीमा रहेको चर्चमा प्रार्थनाको प्रत्यक्ष प्रसारण भइरहेको थियो। सोही क्रममा चक्कु आक्रमण पनि प्रसारण भएको थियो।

घटनापछि सयौँ मानिस चर्च बाहिर जम्मा भएका थिए। त्यहाँ प्रहरीसँग झडप भएको थियो। सो क्रममा दुई प्रहरी घाइते भएका छन् भने २० प्रहरी गाडीमा क्षति पुगेको छ। घाइतेको उपचारका लागि त्यहाँ पुगेका स्वास्थ्यकर्मीलाई पनि करिब तीन घण्टासम्म जनताले बन्धक बनाएका थिए।

घटनापछि प्रधानमन्त्री एन्थोनी अल्बानीजले राष्ट्रिय सुरक्षा एजेन्सीहरूसँग बैठक गरेका छन्। 

अस्ट्रेलियामा एक साताभित्र चक्कु प्रहारको यो दोस्रो घटना हो। सिड्नी शहरको एक मलमा एक व्यक्तिले चक्कु प्रहार गर्दा छ जनाको ज्यान गएको थियो भने धेरै घाइते भएका थिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १०:५७
राजनीति
विशेष
Weather Update