News Griha :: न्यूजगृह
इजरायलमाथि इरानको ड्रोन आक्रमण
इजरायलमाथि इरानको ड्रोन आक्रमण १ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गर्दा सैन्य कमान्डरसहित सात जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा इरानको कुद्स फोर्सका कमान्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी, डेपुडी ब्रिगेडिएर जनरल मोहम्मद हादी हाजी रहीमीलगायत थिए। त्यसको बदलामा इरानले इजरायललाई आक्रमण गर्ने धम्की दिएको थियो।
सिड्नीमा चक्कु प्रहार गरी ५ जनाको हत्या
सिड्नीमा चक्कु प्रहार गरी ५ जनाको हत्या अष्ट्रेलियाको सिड्नीस्थित एक व्यापारिक मलमा पाँच जनाको चक्कु प्रहार गरी हत्या गरिएको छ।चक्कु प्रहार गर्ने एक आक्रमणकारीलाई शनिबार सिड्नीको समुन्द्री किनारमा प्रहरीले गोली हानी मारेको प्रहरीले जनाएको छ ।
बाइडेनले भने- इरानले इजरायलमाथि चाँडै आक्रमण गर्न सक्छ
बाइडेनले भने- इरानले इजरायलमाथि चाँडै आक्रमण गर्न सक्छ अमेरिकी राष्ट्रपति जो बाइडेनले यसबारेमा जानकारी दिएका हुन। तर, उनले इरानले इजरायलमाथि आक्रमण गरे रक्षाका लागि उभिने जनाए। यस महिनाको सुरुमा शीर्ष कमाण्डरहरूलाई मार्ने इजरायली हवाई हमलाको इरानले बदला लिने जनाइरहेको बेला राष्ट्रपति वाइडेनले हमला हुन सक्ने जनाएका हुन्।
अमेरिकालाई उछिनेर सन् २०२८ मा नै एसियाली देश महाशक्ति बन्दै!
अमेरिकालाई उछिनेर सन् २०२८ मा नै एसियाली देश महाशक्ति बन्दै! विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र संयुक्त राज्य अमेरिकाको बारेमा धेरै रिपोर्टहरू आएका छन्, जसमा सन् २०५० सम्ममा अमेरिका सबैभन्दा ठूलो अर्थतन्त्र नरहने सङ्केत गरिएको छ। भारत र चीनले यसलाई उछिन्ने एउटा अध्ययनले देखाएको छ भने अर्को अध्ययन रिपोर्टका अनुसार सन् २०२८ मा चीनले अमेरिकालाई उछिनेर विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्नेछ।
पेरुमा फेला परे सबैभन्दा लामो आयु भएका व्यक्ति, जसले मनाए १२४ औं जन्मोत्सव
पेरुमा फेला परे सबैभन्दा लामो आयु भएका व्यक्ति, जसले मनाए १२४ औं जन्मोत्सव पेरु सरकारले संसारकै सबैभन्दा वृद्ध व्यक्ति आफ्नो देशमा रहेको दाबी गरेको छ। यसै महिना इङ्ग्ल्याण्डका एक १११ वर्षीय पुरुषलाई विश्वको सबैभन्दा वृद्ध पुरुष घोषित गरिएको थियो तर पेरुभियन सरकारको दाबी अनुसारउनको देशमा १२४ वर्ष उमेरको जीवित व्यक्ति छन्। उनी पेरुको मात्रै नभइ, सिंगो विश्वको सबैभन्दा वृद्ध मानिस भएको उसको दाबी...
विश्वको सबैभन्दा अग्लो घण्टाघर, ६ किमि टाढैबाट सकिन्छ समय हेर्न
विश्वको सबैभन्दा अग्लो घण्टाघर, ६ किमि टाढैबाट सकिन्छ समय हेर्न संसारभर धेरै गगनचुम्बी भवनहरू छन्। तपाईंले दुबईको बुर्ज खलिफा अवश्य देख्नु भएको छ, नभए पनि तस्बिर र भिडिओमा पक्कै पनि देख्नु भएको छ। र, तपाईले अमेरिकाको एम्पायर स्टेट बिल्डिङ, बेलायतको बिग बेन देख्नु भएको होला तर अब साउदी अरब बन्न लागेको विश्वको सबैभन्दा अग्लो क्लक टावर पनि देख्नु हुनेछ।
सूर्य ग्रहणका दिन अमेरिकन ज्योतिषले दिइन श्रीमानको बली!
सूर्य ग्रहणका दिन अमेरिकन ज्योतिषले दिइन श्रीमानको बली! अमेरिकी समुदायमा ग्रहणको बारेमा धेरै विश्वास र अन्धविश्वासहरू कायमै छन्। ग्रहणहरू लामो समयदेखि संसारको अन्त्यको भविष्यवाणीहरूसँग सम्बन्धित छन्। यद्यपि, वैज्ञानिकले भने यी दाबीहरूको वास्तविकतामा कुनै आधार नरहेको बताइरहेका छन्। सोमबारको सूर्यग्रहण अमेरिकाबाहेक मेक्सिको र क्यानडामा पनि देखिएको थियो । यस अवधिमा दिउँसै अन्धकार छाएको थियो । ४ मिनेट २८ सेकेन्डसम्म ...
भियतनाममा सबैभन्दा ठूलो बैंक ठगी प्रकरणमा अर्बपतिलाई मृत्युदण्ड 
भियतनाममा सबैभन्दा ठूलो बैंक ठगी प्रकरणमा अर्बपतिलाई मृत्युदण्ड  उनले त्यही शक्तिको प्रयोग गरी आफ्नै मान्छेलाई व्यवस्थापक बनाएको र उनकै आदेशमा आफ्ना कम्पनीहरूका नाममा ऋण प्रवाह गरेको पाइएको हो। सन् २०१९ फेब्रुअरीदेखि आफ्ना सवारी चालकलाई १०८ ट्रिलियन भियतनामी डोङ (४ अर्ब अमेरिकी डलर) नगद निकाल्न लगाएको र आफ्नो बेसमेन्टमा लुकाएको अभियोजनकर्ताले आरोप लगाएका छन्।
बाइडेनले भने— नेतान्याहुले गल्ती गर्दैछन् 
बाइडेनले भने— नेतान्याहुले गल्ती गर्दैछन्  अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा मुद्दामा ‘गल्ती’ गरिरहेको टिप्पणी गरेका छन्। एक अन्तर्वार्तामा उनले भने, ‘मलाई लाग्छ कि उसले गल्ती गरिरहेको छ। म उनको मनोवृत्तिसँग सहमत छैन।’ 
जब चिहान खनेर मानव हड्डीबाट ड्रग्स बनाउन थालियो
जब चिहान खनेर मानव हड्डीबाट ड्रग्स बनाउन थालियो पश्चिम अफ्रिकामा अवस्थित सिएरा लियोनका राष्ट्रपतिले लागूऔषधका सम्बन्धमा राष्ट्रिय आपतकाल घोषणा गरेका छन्। यो लागूऔषधको नाम ‘कुश’ हो, जुन लत लाग्ने पदार्थको साइकोएक्टिभ मिश्रण हो। यो लागूपदार्थले यो देशमा धेरै वर्षदेखि मानिसहरूलाई यसको लत बनाउँदै आएको छ। राष्ट्रपति जुलियस माडा बायोले यो औषधिलाई मृत्यु जालको रूपमा वर्णन गर्दै संकट सिर्जना...
केजरीवाललाई उच्च अदालतले दिएन राहत
केजरीवाललाई उच्च अदालतले दिएन राहत मुख्यमन्त्री केजरीवालले 'कथित' रक्सी घोटाला प्रकरणमा आफ्नो गिरफ्तारीलाई चुनौती दिँदै दायर गरेको याचिकामा फैसला दिँदै उच्च अदालतकी न्यायाधीश स्वर्णकान्त शर्माको एकल इजलासले कुनै किसिमको राहत दिन अस्वीकार गरेको हो।
रोजगार सङ्कटलाई ध्यानमा राख्दै न्युजिल्याण्डले कडा बनायो भिसा नियम
रोजगार सङ्कटलाई ध्यानमा राख्दै न्युजिल्याण्डले कडा बनायो भिसा नियम न्युजिल्याण्डले भिसा नियम कडा बनाउने घोषणा गरेको छ। विदेशबाट न्युजिल्याण्डमा आउनेको संख्या अस्थिर रहेको भन्दै भाषा र सीप मापदण्डहरू थपेर भिसाको नियम कडा गर्ने घोषणा गरिएको छ। एक्रेडिटेड इम्प्लोयर वर्कर भिसा योजनामा नयाँ नियम तत्काल लागू हुनेगरि अध्यागमन मन्त्री एरिका स्ट्यानफोर्डले घोषणा गरेकी छन्।
Weather Update