News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
भारतमा विवाहबाट फर्किरहेका ९ जनाको सडक दुर्घटनामा मृत्यु 

काठमाडौं— भारतको राजस्थानको झालावार जिल्लामा आइतबार बिहान ट्रकसँग कार ठोक्किँदा विवाहबाट फर्केका ९ जनाको मृत्यु भएको  छ।

दुर्घटना एकलेरा गाउँ नजिकै बिहान २ः४५ बजे भएको थियो। 

Prabhu Bank

भोपालको डुङ्गरी गाउँमा विवाहबाट फर्कँदै गर्दा दुर्घटना भएको झालावारका प्रहरी उपरीक्षक ऋचा तोमरले जानकारी दिएकी छन्।

दुई जनाको घटनास्थल मै मृत्यु भएको थियो भने ७ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो। 

दुर्घटनामा एक जना गम्भीर घाइते छन्। उनको  झालावारस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ। 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १०:४९
Weather Update