News Griha :: न्यूजगृह
ओमनमा मौसमसम्बन्धी दुर्घटनामा १२ जनाको मृत्यु

काठमाडौं— ओमनका केही प्रान्तमा मौसमसम्बन्धी दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ। 

आइतबार त्यहाँ दुर्घटना हुँदा एक दर्जन मानिसहरुकाे मृत्यु भएको ओमन समाचार एजेन्सीले जनाएको छ।

ओमनको आपतकालिन व्यवस्थापनका लागि राष्ट्रिय समितिको खोजी र उद्धार क्षेत्रलाई उद्धत गर्दै गाडीलाई तीव्र बेगको पानीले बगाएपछि गाडीमा सवार उनीहरूको मृत्यु भएको जनाइएको छ। 

मृतकमध्ये दुई जना वयस्क, नौ विद्यार्थी र एक जना विदेशी नागरिक रहेको रिपोर्टमा जनाइएको छ।

उत्तरी ए’शार्कियाह प्रान्तमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार प्रयास जारी रहेको बताइएको छ।  

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १२:३९
Weather Update