News Griha :: न्यूजगृह
अमेरिकाको सानफ्रान्सिस्कोमा ‘नेपाल डे परेड’ सम्पन्न 

काठमाडौं— अमेरिकाको क्यालिफोर्नियास्थित  सानफ्रान्सिस्कोमा नेपाल डे परेड कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। 

उक्त नेपाल डे परेड गैरआवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरले आयोजना गरेका हो। 

एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझाको अनुसार डे परेडमा ४ हजार भन्दा धेरै नेपालीहरु सहभागी भएका थिए। 

Prabhu Bank

परेडमा सहभागीहरु आ–आफ्नो संस्कृति र परम्परा झल्कने भेषभूषामा सजिएका थिए। 

बोर्ड अफ डाइरेक्टर जनक राज ढुङ्गानाका अनुसार नेपाल र नेपाली संस्कृतिलाई अमेरिकासामू पहिचान दिने उदेश्यका साथ परेडको आयोजना गरिएको हो। नेपाल डे परेड विशेष कार्यक्रम अप्रिल १४ मा सानफ्रान्सिस्कोको सिटीहलमा ११ बजेदेखि सुरु भएको थियो।

सिटीहलबाट सुरु भएको डे परेड स्थानीय मार्केट स्ट्रिटमा जम्मा भएर मनाइएको थियो। कार्यक्रमको प्रमुख अतिथि नेपाली महहावाणिज्यदूत ॠषि ढकाल, विशेष अतिथि तथा एनआरएनएका सभापति अर्जुन बञ्जाडे रहेका थिए। 

परेडलाई अमेरिकी राष्ट्रपति जो बाइडेनका एसियन अमेरिकन सल्लाहकार अजय भुटोरियाले सम्बोधन गरेका थिए। यसका साथै क्यालिफोर्निया राज्यका विभिन्न सिटीका मेयरहरुको समेत सहभागिता थियो। 

कामको शिलशिलामा विदेशमा बस्नु परे पनि  सबै नेपालीहरु एकताबद्ध र एकजुट रहेका छौँ भन्ने सन्देश दिन पनि कार्यक्रमले सहयोग गरेको ढुंगानाले बताए। 

परेडमा नेपाली कला संस्कृति झल्कने झाँकी प्रदर्शन र कल्चरल इभेन्टसमेत भएको थियो ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १३:२१
Weather Update