News Griha :: न्यूजगृह
यूएईमा भारी वर्षा

काठमाडौं— भारी वर्षाले संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबी, दुबई र अल ऐन जस्ता शहरहरूमा बाढी आएको छ। 

मंगलबार देखि सडक, रेल र हवाई उडान प्रभावित भएका छन्। यी शहरहरूमा कार्यालय र विद्यालयहरू बन्द गरिएका छन्। मानिसहरूलाई घरबाट काम गर्न भनिएको छ। यूएईमा सोमबार १५ अप्रिल रातिदेखि पानी पर्न थालेको थियो। गएराति १२० मिलिलिटरभन्दा बढी पानी परेको थियो। 

Prabhu Bank

बुधबार बिहान थप भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मानिसहरूलाई घरमै बस्न सल्लाह दिइएको छ। बहराइन, कतार र साउदी अरबमा पनि भारी वर्षाका कारण अवस्था खराब छ। ओमानमा भारी वर्षाका कारण १८ जनाको मृत्यु भएको छ।

खाडी मुलुकमा मौसम बदली हुनुको मुख्य कारण दक्षिणपश्चिमबाट बनेको न्यून चापीय प्रणाली हो। राष्ट्रिय मौसम विज्ञान केन्द्र (एनसीएम) ले २ दिन अघि यूएई र साउदी अरबमा भारी वर्षा हुने भविष्यवाणी गरेको थियो। यस अवधिमा ६५ किलोमिटर प्रतिघण्टा हावाको गति रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दुबई, अबुधाबी र शारजहामा पानीसँगै असिना पनि पर्न सक्ने युएईको राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ०८:५६
Weather Update