News Griha :: न्यूजगृह
सलमान खानको घरमा गोली चलाउने दुई जना पक्राउ

काठमाडौं— बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली चलाउने दुई अभियुक्त पक्राउ परेका छन्।

मुम्बई क्राइम ब्रान्चको टोलीले दुवै आरोपीलाई गुजरातको भुजबाट पक्राउ गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्।

Prabhu Bank

१४ अप्रिलमा बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा गोली चलाइएको थियो। मोटरसाइकलमा आएका दुईजना आक्रमणकारीले ४ राउन्ड फायर गरेका थिए। गोली चलाउँदा सलमान घरमा थिए।

घटनापछि सलमानको घरबाहिर सुरक्षा बढाइएको थियो।  
 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०८:४४
राजनीति
विशेष
Weather Update