News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बलिउड अभिनेता सलमानको घरबाहिर गोली चल्यो

काठमाडौं— अभिनेता सलमान खानको मुम्बईस्थित निवास बाहिर हवाई फायरिङ् भएको छ।

आइतबार बिहान ५ बजे तिर मोटरसाइकलमा आएका २ जनाले बान्द्रामा रहेको सलमानको घर बाहिर २–३ राउन्ड हवाई फायरिङ् गरेर फरार भएका छन्। यो घटनापछि मुम्बई प्रहरीले अनुसन्धान सुरु गरेको छ।

Prabhu Bank

मुम्बई प्रहरीले कसले किन गोली चलायो भन्ने अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले लोरेन्स बिश्नोई जेलमै भए पनि बाहिर रहेको उनको समूहले फायरिङ् गरेको हुनसक्ने अनुमान लगाएको छ। अहिले प्रहरीले सलमानको सुरक्षालाई थप बढाएको छ।

अभिनेता सलमानलाई ग्याङस्टार लरेन्स बिश्नोईले कैयौँ पटक ज्यानको धम्की दिइसकेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०९:३१
Weather Update