News Griha :: न्यूजगृह
जापानले येनको गिरावटलाई रोक्न आवश्यक कदम चाल्ने

काठमाडौं— जापानका अर्थमन्त्री सुनिची सुजुकीले विदेशी मुद्राको चलायमानलाई नजिकबाट नियालिरहेको बताएका छन्।

उनले सोमबार अमेरिकी डलरको तुलनामा जापानीज येन ३४ वर्षकै तल्लो तहमा झरेका कारण जापानले कारबाहीका लागि ‘सबै आवश्यक कदम’ चाल्ने टिप्पणी गरे। 

Prabhu Bank

ओरालो लागिरहेको जापानी मुद्रा अमेरिकी डलरको तुलनामा करिब एक सय ५३ दशमलव ७० सम्म कमजोर भएको छ। यस्तो स्तर सन १९९० पछि देखिएको थिएन। यसबाट जापान सरकारका लागि सन् २०२२ मा गरेजस्तै हस्तक्षेप गर्ने सम्भावना सिर्जना भएको छ। 

‘हामीले घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ र सबै आवश्यक कदम चाल्नेछौँ’, मन्त्री सुजुकीले पत्रकारहरूलाई भने। 

जापानी येन पहिले नै विगतको स्तरभन्दा तल झरेको छ। जापानले पहिला नै गिरावट रोक्न हस्तक्षेप गरेको थियो। सन २०२२ अक्टोबरमा एक अमेरिकी डलरको तुलनामा एक सय ५२ येनको नजिक पुगेपछि जापानी अधिकारीहरूले डलर बेचेर येन किनेका थिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १७:१४
राजनीति
विशेष
Weather Update