News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
मजदुरी गर्थे सलमानको घरबाहिर गोली हान्ने युवाहरू 

काठमाडौं— मुम्बई क्राइम ब्रान्चले बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली प्रहार गर्ने दुई आरोपितलाई पक्राउ गरेको छ। 

दुवै आरोपित बिक्की कुमार र सागर कुमारलाई क्राइम ब्रान्चले गुजरातको भुजबाट पक्राउ गरेको थियो। यी युवक बिहारको बेतियाका बासिन्दा हुन्। यो घटनाले उनीहरूको परिवार निकै स्तब्ध छ। आरोपितका परिवारका अनुसार बिक्की र सागर मुम्बई गएको थाहा थिएन। परिवारका अनुसार सलमान खानको घर बाहिर गोली चलाएको र यस घटनामा छोराको गिरफ्तारीको बारेमा समाचारबाट थाहा पाए पछि अचम्मित भएका थिए।

Prabhu Bank

भारतीय सञ्चारमाध्यमका अनुसार आरोपित बिक्की र सागर नरकटियागञ्जको गौनाहा ब्लकको मसाही गाउँका बासिन्दा हुन्। दुवै आरोपितको गाउँमा त्यस्तो आपराधिक छवि छैन। उनको जिल्लामा कुनै आपराधिक रेकर्ड पनि छैन। त्यसैले बिक्की र सागरले यस्तो गरेको कुरा परिवारका सदस्य र गाउँका मानिसहरूले अझै पनि पत्याउन सकिरहेका छैनन्।

बिक्कीकी आमा सुनिता देवीका अनुसार बिक्की होलीको दुई दिनपछि घरबाट निस्किएका थिए। उनीहरूले निस्कनु अघि काममा जान लागेको बताएका थिए। तर बिक्की कहाँ काममा गएका थिए भन्ने जानकारी आफूहरूलाई नभएको सुनिता देवीले बताएकी छन्।

उता, सागरका बुबा योगेन्द्र राउतले काम गर्न लुधियाना गएको ठानेका थिए। सागर मुम्बई गएको थाहा नभएको योगेन्द्रले बताएका छन्। यस घटनामा प्रहरीले आरोपितका गाउँका तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। उनीहरूलाई सोधपुछ पछि रिहा गरिएको छ। १४ अप्रिल बिहान करिब ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर चार राउन्ड फायरिङ् भएको थियो। गोली हानेर मोटरसाइकलमा सवार दुईजना घटनास्थलबाट भागेका थिए। 
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ०८:४६
Weather Update