News Griha :: न्यूजगृह
काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता, खोजीकार्य जारी 
photo: deccanchronicle

काठमाडौं— भारत प्रशासित काश्मिरकाे झेलम नदीमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता भएका छन्।

मंगलबार भएको डुङ्गा दुर्घटनामा बेपत्ता १५ जनाको खोजीका लागि उद्दारकर्मीहरु खटाइएकाे अधिकारीहरुले बताएका छन्। 

काश्मिरको श्रीनगर शहरस्थित झेलम नदीमा डुङ्गा पल्टिँदा बेपत्ता हुनेहरूमा विद्यालय गइरहेका केही बालबालिका पनि रहेका थिए। 

Prabhu Bank

काश्मिरका एक वरिष्ठ अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने, ‘दुर्घटनापछि बालबालिकासहित करिब १५ जना बेपत्ता भएका छन्।’ 

काश्मिर उपत्यकामा केही दिनको वर्षापछि नदीमा पानीको सहत बढेको थियो। 

प्रत्यक्षदर्शीहरूका अनुसार डुङ्गा पार गर्न प्रयोग गरिने डोरी पानीको तीव्र बहावका कारण चुँडिएको थियो। 

श्रीनगरका जिल्ला मजिस्ट्रेट बिलाल मोही–उद–दिन भटले भने, ‘हाम्रो उद्दार टोली त्यहाँ छ, हामी घटनाको विवरण पत्ता लगाइरहेका छौँ ।’ 

धेरै कार्यालयका कर्मचारी तथा विद्यालयका विद्यार्थीहरू सडक यातायातबाट बच्न बिहान डुङ्गाबाट नदी पार गर्छन्।

काश्मिरमा पहाडी क्षेत्रका सडकमा दुर्घटनाहरू सामान्य भए पनि यात्रुवाहक डुङ्गा दुर्घटना विरलै हुने गर्छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १२:३०
राजनीति
विशेष
Weather Update