News Griha :: न्यूजगृह
‘मणिपुरमा नेपाली भाषी सुरक्षित’
‘मणिपुरमा नेपाली भाषी सुरक्षित’ पूर्वीसीमा काँकडभिट्टाबाट नौ सय ७० किलोमिटर पूर्व भारतको मणिपुरमा चार दिनयता जातीय हिंसाले उग्ररूप लिए पनि त्यहाँका नेपाली भाषी सुरक्षित रहेका छन् । काँकडभिट्टास्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले मणिपुरको हिंसाका कारण नेपालीहरू त्यहाँ अप्ठेरोमा परेको भन्ने कुनै जानकारी नआएको बताए ।
उदयपुरमा पाठ्यपुस्तक अभाव
उदयपुरमा पाठ्यपुस्तक अभाव नयाँ शैक्षिक सत्र सुरु भएको झन्डै एक महिना हुन लाग्दा पनि उदयपुरको सदमुकाम गाईघाटसहित जिल्लाका अन्य बजार क्षेत्रका पुस्तक पसल सञ्चालकले अझै पनि विद्यार्थीलाई पूरै विषयका पाठ्युस्तक वितरण गर्न सकेका छैनन् । पुस्तक पसल सञ्चालकले आफूहरूलाई रित्तै फर्काउने गरेको विद्यार्थीको गुनासो छ ।
प्रधानमन्त्री प्रचण्ड भन्छन्– ट्रेलर देखाएका छौँ, सिङ्गो फिल्म बाँकी छ
प्रधानमन्त्री प्रचण्ड भन्छन्– ट्रेलर देखाएका छौँ, सिङ्गो फिल्म बाँकी छ ‘यो सुरुवात मात्रै हो । यो ट्रेलर मात्रै हो, हेर्दै जानुस्, सिङ्गै फिल्म देखिन्छ । सिङ्गै फिल्म देखिनेवाला छ,’ उनले भने, ‘त्यसपछि पक्कै पनि ठूला घेराबन्दी होलान्, ठूला दबाबहरू आउलान्, धम्कीहरू होलान्, धेरै चिजहरू हुनसक्छ ।’
दार्चुला हिम पहिरोमा परेका दुई जना अझै बेपत्ता, खोजी कार्य जारी
दार्चुला हिम पहिरोमा परेका दुई जना अझै बेपत्ता, खोजी कार्य जारी वर्षा र हिमपातका कारण खोजी कार्यमा असहज भए पनि तालिम प्राप्त सुरक्षाकर्मीले हिमपात गएको क्षेत्रमा स्थानीयवासीसँगको सहकार्यमा खोजी कार्य जारी राखेको छ ।
आज बेलायती राजा चार्ल्सको राज्याभिषेक, सुन र हिरा जडित राजमुकुट पहिर्‍याइने
आज बेलायती राजा चार्ल्सको राज्याभिषेक, सुन र हिरा जडित राजमुकुट पहिर्‍याइने बीबीसीका अनुसार २.२३ किलो ग्राम तौल भएको सुन र हीरा जवाहरातजडित राजमुकुटले राजा चार्ल्सको शिरमा सुशोभित गरिनेछ । 
खर्कको गोठमै रमाएका ७६ वर्षीय नन्दप्रसाद पुन
खर्कको गोठमै रमाएका ७६ वर्षीय नन्दप्रसाद पुन वर्षमा चार/पाँच वटा राँगा भैँसी र मासिक रुपमा २० देखि ३० लिटरसम्म घ्यू बेच्ने गर्छन् । घोडेपानी, हिस्तान, राम्चे र पोखरामा उनले घ्यू बिक्री गर्दै आएका छन् । दूध, दही गोठमै बिक्री हुन्छ ।
सात वर्षमा चितवन राष्ट्रिय निकुञ्जका ३० बाघ मरे
सात वर्षमा चितवन राष्ट्रिय निकुञ्जका ३० बाघ मरे चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका बाघमध्ये १४ भाले, आठ पोथी छन् । आठ वटाको पहिचान नखुलेको उनको भनाइ छ ।
शिक्षिका नै घरेलु हिंसाको सिकार, श्रीमान् र सौताद्वारा ज्यान लिनेगरी आक्रमण
शिक्षिका नै घरेलु हिंसाको सिकार, श्रीमान् र सौताद्वारा ज्यान लिनेगरी आक्रमण श्रीमान् चन्द्रे माझी र कान्छी श्रीमती अनिता भुजेलले ज्यानै लिने उद्देश्यले घरेलु हतियार समेत प्रयोग गरिएको भेटिएको छ । 
साउदी भ्रमणबारे मेस्सीले मागे माफी
साउदी भ्रमणबारे मेस्सीले मागे माफी पेरिस सेन्ट जर्मेन (पिएसजी) को अनुमतिविनै साउदी अरब गएकोमा अर्जेन्टेनी स्टार मेस्सीले आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेका हुन् ।  सो अभियोगमा उनलाई दुई साताका लागि क्लबले निलम्बनसमेत गरेको थियो ।
आज अमेरिकन डीभी चिट्ठाको रिजल्ट आउँदै
आज अमेरिकन डीभी चिट्ठाको रिजल्ट आउँदै यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्‍यो कि परेन भन्ने थाहा हुने अमेरिकन डीभी शाखाले जानकारी दिएको छ । 
एक महिना देखी मिटर ब्याज पीडितहरू धर्नामा
एक महिना देखी मिटर ब्याज पीडितहरू धर्नामा गत २९ चैत देखी काठमाडौं रत्नपार्कस्थित खुल्ला स्थानमा धर्नामा बसेका मिटर ब्याज पीडितलाई सरकारले भने अझै सम्बोधन गर्न सकेको छैन ।
Weather Update