News Griha :: न्यूजगृह
आज बेलायती राजा चार्ल्सको राज्याभिषेक, सुन र हिरा जडित राजमुकुट पहिर्‍याइने

लन्डन— बेलायतका राजा चार्ल्स तृतीयको आज राज्याभिषेक हुँदैछ  । लन्डनको वेस्टमिन्स्टर एबीमा विशेष समारोहका बिचमा आयोजना हुने राज्याभिषेक समारोहमा राजा चार्ल्सला राजमुकुट पहिराइने छ । 

सो विशेष समारोहमा सहभागिताका लागि विश्वभरिबाट दुई हजार भन्दा बढी अति विशिष्ट पाहुनाहरू बेलायत आइपुगेका छन् । यसरी आउने पाहुनाहरूमा विभिन्न देशका राजा तथा राजपरिवारका सदस्यहरू, विश्वभरिका विभिन्न मुलुकका राजनेताहरू, राष्ट्रपति, प्रधानमन्त्रीसहित सरकारका प्रतिनिधिहरू सो समारोहमा सहभागी हुँदैछन् । 

आज हुने विशेष समारोहमा राजा चार्ल्स तथा रानी क्वीन कन्सोर्ट क्यामिलालाई राजमुकुट पहिर्‍याइने कार्यक्रम रहेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार २.२३ किलो ग्राम तौल भएको सुन र हीरा जवाहरातजडित राजमुकुटले राजा चार्ल्सको शिरमा सुशोभित गरिनेछ । 

सो राजमुकुट यस अघि सन् १९५३ मा महारानी एलिजाबेथको शिरमा सजाइएको थियो । बेलायतको इतिहासमै सबैभन्दा बढी शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा गत सेप्टेम्बरमा निधन भएको थियो । 

महारानी एलिजाबेथको निधन भए पछि उनका ७३ बर्सिया छोरा चार्ल्स बेलायतको राजा बनेका हुन । उनको आज हुन गइरहेको राज्याभिषेक समारोह भने झन्डै तीन घण्टा चल्ने जनाइएको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १०:१०
Weather Update