News Griha :: न्यूजगृह
साउदी भ्रमणबारे मेस्सीले मागे माफी

काठमाडौं— स्टार खेलाडी लियोनेल मेस्सीले क्लबको अनुमति विना साउदी अरबको भ्रमण गएकोमा गल्ती स्वीकार गरेका छन् ।

पेरिस सेन्ट जर्मेन (पिएसजी) को अनुमतिविनै साउदी अरब गएकोमा अर्जेन्टेनी स्टार मेस्सीले आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेका हुन् ।  सो अभियोगमा उनलाई दुई साताका लागि क्लबले निलम्बनसमेत गरेको थियो । 

मेस्सीले इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा भनेका छन्, 'मैले गरेको कामका लागि म माफी चाहन्छु र अब क्लबले के निर्णय गर्छ, त्यो हेर्नका लागि म पर्खिरहेको छु । मैले इमानदारीपूर्वक यो सोचे कि हामीले खेल पछिको दिन बिदामा हुनेछौँ, जुन अघिल्लो हप्ताहरूमा पनि भइरहेको थियो । मैले साउदी अरेबियाको यो यात्रा पहिले पनि रद्द गरिसकेको थिए तर यस पटक भने सकिन ।'

पीएसजीमा मेस्सीको सम्झौता यो सिजनको अन्त्यसँगै सकिँदै छ । उनी सो सम्झौताअनुसार अब तीन वटा मात्रै खेल खेल्न पाउने छन् । सम्झौता र सिजनको अन्त्यसँगै मेस्सी पीएसजी छाड्ने तयारीमा छ । 

३५ वर्षीय मेस्सी साउदी अरेबियाका लागि पर्यटन राजदूतको भूमिकामा छन् । उनलाई साउदी अरबका क्लबहरूले पनि चासो देखाइरहेका छन् र उनी माथि करोडौं खर्च गर्न खोजिरहेका छन् ।

 

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  ०८:११
Weather Update