
काठमाडौं— भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रर्दशन गरिएको छ ।
शनिबार अपराह्न काठमाडौंको माइतीघर मण्डलामा भेला भएर युवाहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलगायतका भ्रष्टहरूबलाई कारबाही गर्न माग सरकारलाई दबाब दिँदै प्रर्दशन गरेका हुन् । उनीहरूले भ्रष्टाचारमा संलग्नहरूलाई नछोड्न पनि सरकारलाई खबरदारी गरेका छन् ।
‘प्रचण्ड सरकारलाई खबरदारी, कारबाही गर भ्रष्टाचारी’, ‘गृहमन्त्री काजी दाइ, कारबाही गर भ्रष्टाचारीलाई’ लेखिएको प्लेकार्डसमेत प्रर्दशन गरेका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न राजनीतिक दलका नेताहरू मुछिएपछि उनीहरूलाई कारबाही गर्न सरकारमाथि दबाब परेको छ । यता, सरकारले पनि सो प्रकरणमा मुछिएकाहरूलाई पक्राउ गरी अनुसन्धानको प्रक्रिया अघि बढाएको छ ।
तर, पक्राउ पुर्जी जारी गरिएका एमाले सचिव समेत रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने फरार छन् । उनलाई उन्मुक्ति नदिन पनि सरकारलाई प्रर्दशनकारीहरूले सचेत गराएका छन् ।













