News Griha :: न्यूजगृह
अमेरिकी लडाकु विमान दक्षिण कोरियामा दुर्घटनाग्रस्त

सिओल— अमेरिकी सेनाको लडाकु विमान शनिबार दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको छ । तर, दुर्घटनामा कुनै हताहती भने नभएको योनहाप समाचार संस्थाले जनाएको छ ।

एफ–१६ लडाकु विमान राजधानी सिओलबाट करिब ७० किलोमिटर दक्षिणमा रहेको प्योङटेकमा स्थानीय समयअनुसार बिहान ९ः३१ बजे खेतबारीमा दुर्घटनाग्रस्त भएको थियो ।

युनाइटेड स्टेट्स फोर्सेस कोरियाको प्रमुख सैन्य अड्डा रहेको शहर हो । विमानमा सवार एक पाइलट दुर्घटना हुनु अघि भागेका थिए ।

लडाकु विमानको अधिकांश भाग जलेको छ । घटनास्थल नजिक कुनै घर  लगायत अन्य संरचना नभाएकाले  अरू कुनै क्षति नभएको प्रहरी अधिकारीले बताएका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १५:३१
Weather Update