News Griha :: न्यूजगृह
शरणार्थी प्रकरण : सोमबार सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउने तयारी
शरणार्थी प्रकरण : सोमबार सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउने तयारी जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी प्रकरणको आफ्नो अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ । 
प्रअसहित २४ शिक्षकलाई सोधियो स्पष्टीकरण
प्रअसहित २४ शिक्षकलाई सोधियो स्पष्टीकरण वीरगञ्ज महानगरपालिकाले आइतबार एकैपटक २४ जना शिक्षकसँग स्पष्टीकरण माग गरेको छ । महानगरपालिकाले समयमा विद्यालयमा उपस्थित नरहेको भन्दै वीरगञ्जस्थित श्री नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय श्रीपुरका प्रधानाध्यापकसहित २४ जना शिक्षकसँग स्पष्टीकरण सोधेको हो ।
शरणार्थी प्रकरणको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छु : गृहमन्त्री
शरणार्थी प्रकरणको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छु : गृहमन्त्री उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र कमिसनको जालो तोड्नुपर्ने बताएका छन् ।
रविको राहदानी त्यागसम्बन्धी निस्सा छैन काठमाडौं जिल्ला प्रशासनमा
रविको राहदानी त्यागसम्बन्धी निस्सा छैन काठमाडौं जिल्ला प्रशासनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेको अमेरिकी राहदानी त्यागसम्बन्धी निस्सा (प्रमाण) काठमाडौं जिल्ला प्रशासनमा छैन । प्रशासनले ३ जेठमा सर्वोच्च अदालतलाई पत्र लेख्दै सभापति लामिछानको राहदानी त्यागसम्बन्धी निस्सा आफ्नो कार्यालयमा नरहेको जवाफ पठाएको हो ।
शरणार्थी प्रकरण : पक्राउ परेकाहरू थप ३ दिन हिरासतमा रहने
शरणार्थी प्रकरण : पक्राउ परेकाहरू थप ३ दिन हिरासतमा रहने नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप ३ दिन हिरासतमा रहने भएका छन् ।
बुद्ध एअरको जहाजमा मुसा भेटियो
बुद्ध एअरको जहाजमा मुसा भेटियो जहाजभित्र मुसा देखिएपछि शनिबार जनकपुरमा ग्राउण्डेड गरिएको बुद्ध एअरको नाइन एन–एजेएल जहाजमा आइतबार बिहान फेरि ट्रयापमा मुसा भेटिएको छ ।
कान्तिपुर दैनिकको प्रधान सम्पादकमा उमेश चौहान
कान्तिपुर दैनिकको प्रधान सम्पादकमा उमेश चौहान चौहान यसअघि कान्तिपुर दैनिकका सम्पादक थिए। त्यसअघि उनी नयाँ पत्रिका दैनिकमा सम्पादक थिए। 
साँखु र बज्रयोगिनी मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न पहल थालियोस् : रास्वपा सांसद गौतम
साँखु र बज्रयोगिनी मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न पहल थालियोस् : रास्वपा सांसद गौतम रास्वपा सांसद सोबिता गौतमले साँखु र बज्रयोगिनी मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न पहल थाल्ने विषय आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राख्न माग गरेकी छन् ।
पत्रकारको न्यूनतम पारिश्रमिक ३४ हजार बनाउन सिफारिस
पत्रकारको न्यूनतम पारिश्रमिक ३४ हजार बनाउन सिफारिस सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई प्रतिवेदन बुझाउँदै न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष सङ्गीता खड्कासहितको टोलीले पत्रकारको न्यूनतम पारिश्रमिक बढाउन प्रस्ताव गरेको हो ।
सगरमाथा आरोही हरिबहादुरलाई राज्यले विमानस्थलमा सम्मान गरोस् : सांसद घर्ती
सगरमाथा आरोही हरिबहादुरलाई राज्यले विमानस्थलमा सम्मान गरोस् : सांसद घर्ती रोल्पाको थबाङ गाउँपालिका– ३ मिरुल निवासी बुढामगर  ५ जेठ, दिउँसो ३ बजे सगरमाथाको चुचुरोमा पुगेका थिए ।  ब्रिटिश गोरखा सैनिकमा कार्यरत रहँदा उनले अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका थिए । 
उखु किसानको समस्या तत्काल समाधान गर्न सांसदहरूको माग
उखु किसानको समस्या तत्काल समाधान गर्न सांसदहरूको माग आइतबार प्रतिनिधि सभाको बैठकमा उनले नगदे बालीलाई सरकारले उधारो वाली बनाइदिएको बताए ।
शरणार्थी प्रकरण : अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश हुँदै
शरणार्थी प्रकरण : अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश हुँदै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाविरुद्धको प्रहरी अनुसन्धान टुंगिएको छ । सरकारी वकिल कार्यालय काठमाडौंमा प्रहरीले आइतबार अनुसन्धान प्रतिवेदन बुझाउँदै छ ।
Weather Update