सगरमाथा आरोही हरिबहादुरलाई राज्यले विमानस्थलमा सम्मान गरोस् : सांसद घर्ती

काठमाडौं— सांसद ईश्वरी घर्तीले रोल्पाका हरिबहादुर बुढामगरलाई सरकारले विमानस्थलमा नै पुगेर सम्मान गर्नुपर्ने माग गरेकी छन् ।
आइतबारको प्रतिनिधि सभा बैठकमा उनले भनिन ‘दुवै खुट्टा गुमाए पनि सगरमाथाको सफल आरोहण गरेका रोल्पाका हरिबहादुर बुढामगर भोलि काठमाडौं फर्किदै हुनुहुन्छ । सरकारले एयरपोर्टमै पुगेर सम्मान गर्नुपर्छ । ’
रोल्पाको थबाङ गाउँपालिका– ३ मिरुल निवासी बुढामगर ५ जेठ, दिउँसो ३ बजे सगरमाथाको चुचुरोमा पुगेका थिए । ब्रिटिश गोरखा सैनिकमा कार्यरत रहँदा उनले अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका थिए ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८० १२:१४













