शरणार्थी प्रकरण : पक्राउ परेकाहरू थप ३ दिन हिरासतमा रहने

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप ३ दिन हिरासतमा रहने भएका छन् ।
प्रहरीका अनुसार काठमाडौं जिल्ला अदालतले आइतबार उनीहरूलाई हिरासतमा राखेर अनुसन्धानका लागि थप ३ दिनको समय दिएको हो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १६ जना पक्राउ परेका छन् ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८० १७:३३













