News Griha :: न्यूजगृह
उखु किसानको समस्या तत्काल समाधान गर्न सांसदहरूको माग

काठमाडौं — प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले सरकारलाई उखु किसानहरूको समस्या तत्काल समाधान गर्न आग्रह गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा उनले नगदे बालीलाई सरकारले उधारो वाली बनाइदिएको बताए । उनले भने ‘ उखु नगदे बाली हो । तर सरकारले त्यसलाई उधारो वाली बनाइदिएको छ । किसानलाई न मल न बिउ दिएको छ । उल्टै किसानले मेहेनत गरेर उखु उत्पादन गर्छ त्यसलाई उधारोमा सरकारले लट्काइ दिन्छ । यसमा सरकारको ध्यान जाओस्  । ’

अर्का सांसद अनिशा नेपालीले सरकारले आफैँले गरेको निर्णयहरू पूरा गर्न नसकेको टिप्पणी गरेकी छन् । 

उनले सरकार बिचौलियाहरूले चलाएको र किसानहरू मारमा परेको आरोप लगाइन् । उनले भनिन ‘ नेपाल सरकारले पटक पटक निर्णय गर्छ । किसानले उत्पादन गरेको उखुको मूल्य पाएका छैनन्। देशमा सरकारले कसले चलाएको छ विचौलियाले हो कि जनताले सरकारले आफैले लागू गरेको निर्णय किन लागू गर्न सकेन । ’ 

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १२:०४
Weather Update