बुद्ध एअरको जहाजमा मुसा भेटियो

काठमाडौं— जहाजभित्र मुसा देखिएपछि शनिबार जनकपुरमा ग्राउण्डेड गरिएको बुद्ध एअरको नाइन एन–एजेएल जहाजमा आइतबार बिहान फेरि ट्रयापमा मुसा भेटिएको छ ।
बुद्ध एयरका अनुसार जनकपुरबाट काठमाडौँ उडान भर्ने तयारीमा रहेको उक्त जहाजमा यात्रुले मुसा देखिएपछि उडान स्थगित गरिएको थियो । जहाजलाई सम्पूर्ण जाँच गरी करिब तीन घण्टासम्म ‘रनअप’ लिई थप सजगता अपनाइएको थियो ।
दिउँसो प्रशिक्षक चालक र प्राविधिक टिमले सो जहाजलाई काठमाडौं ल्याएको र जहाजलाई थप निरीक्षण गरी आइतबारबाट पुनः व्यावसायिक उडान थालिने बुद्ध एअरले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८० १६:५३













