News Griha :: न्यूजगृह

काठमाडौं— न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक ३४ हजार १२५ रुपैयाँ बनाउन सिफारिस गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई प्रतिवेदन बुझाउँदै न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष सङ्गीता खड्कासहितको टोलीले पत्रकारको न्यूनतम पारिश्रमिक बढाउन प्रस्ताव गरेको हो । प्रतिवेदन बुझ्दै मन्त्री शर्माले वर्तमान अवस्थामा आर्थिक अवस्था कमजोर भए पनि श्रमजीवी पत्रकारले जीवन निर्वाह गर्नसक्ने गरी तलब पाउनुपर्ने र यदि सम्बद्ध मिडिया हाउसले तोकिए बमोजिम पारिश्रमिक उपलब्ध नगराए सरकारले लोककल्याणकारी विज्ञापन दिने बेलामा मापदण्ड बनाउने बताइन् ।

‘न्यूनतम पारिश्रमिक पनि नदिने मिडिया हाउसलाई सरकारले लोककल्याणकारी विज्ञापन दिने बेलामा मापदण्ड बनाउँछ,’ उनले भनिन्, ‘समितिले सिफारिस गरेको न्यूनतम पारिश्रमिक लागू गर्न र श्रमजीवी पत्रकारले जीवन निर्वाह गर्नसक्ने गरी पारिश्रमिक पाउनुपर्छ भन्ने विषयमा सरकार स्पष्ट छ ।’

मन्त्री शर्माले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउन बाध्यकारी बनाउनुपर्ने उल्लेख गरिन् । सरकारले लोककल्याणकारी विज्ञापन कटौती गर्न नखोजेको पनि उनले स्पष्ट पारिन ।  समितिले ४० प्रतिशत तलबमान वृद्धि सहित विभिन्न ८ बुँदा कार्यान्वयनका लागि सरकारलाई सिफारिस गरेको छ ।   

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १४:१२
Weather Update