News Griha :: न्यूजगृह
कान्तिपुर दैनिकको प्रधान सम्पादकमा उमेश चौहान

काठमाडौं— कान्तिपुर दैनिकको प्रधान सम्पादकमा उमेश चौहान नियुक्त भएका छन्।

कान्तिपुर पब्लिकेशन्स प्रालिले आइतबार चौहानलाई प्रधान सम्पादक नियुक्त गरेको हो। प्रधान सम्पादक सुधीर शर्माले राजीनामा दिएपछि पब्लिकेशन्सले चौहानलाई प्रधान सम्पादकमा नियुक्त गरेको हो ।

चौहान यसअघि कान्तिपुर दैनिकका सम्पादक थिए। त्यसअघि उनी नयाँ पत्रिका दैनिकमा सम्पादक थिए। 

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १६:३७
Weather Update