सन्दीपको मुद्दामा जन्मदर्तासम्बन्धी कागज मगाउने आदेश

काठमाडौं— जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीको मुद्दामा पीडित किशोरीको जन्मदर्तासम्बन्धी कागज मगाउने आदेश गरेको छ ।
न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासले आइतबार यसअघि मगाएको कागजमा प्रस्टता नदेखिएको उल्लेख गर्दै पुनः माग गर्ने आदेश गरेको हो ।
लामिछानेको मुद्दा फैसलाका लागि पेसी चढ्दै आएको छ । लामिछानेविरुद्ध नाम परिर्वतन (गौशाला) ले जबर्जस्ती करणीको जाहेरी दिएकी थिइन् ।
लामिछानेले नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा १० देखि १२ वर्ष कैद र क्षतिपूर्तिको माग गरिएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८० ०६:०५













