
थप पहिरो नखसे नारायणगढ–मुग्लिन सडक साँझसम्म सञ्चालनमा आउने शुक्रबार, असार १५, २०८० बिहीबार मध्याह्नबाट अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड थप पहिरो नखसे शुक्रबार साँझसम्ममा सञ्चालनमा आउने भएको छ । सो सडकको इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य ९ करोड ८४ लाख पुगे शुक्रबार, असार १५, २०८० चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको सङ्गठन विभागले शुक्रबार गरेको घोषणाअनुसार यसका सदस्य ९ करोड ८४ लाख पुगेको उल्लेख छ ।

फ्रान्समा ६६७ प्रदर्शनकारी पक्राउ शुक्रबार, असार १५, २०८० फ्रान्समा जारी प्रदर्शनको तेस्रो रातमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा ६६७ जना पक्राउ परेका छन् । मंगलबार प्रहरीले १७ वर्षीय किशोरको गोली हानी हत्या गरेपछि त्यसको विरोधमा भएको प्रदर्शन अझै रोकिएको छैन ।

गुरुङ, शाह र गौतमलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश शुक्रबार, असार १५, २०८० न्यायाधीश कुमार रेग्मीको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि उक्त आदेश दिएको हो । आफूहरूलाई गैरकानूनी तरिकाले हिरासतमा राखिएको भन्दै मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले सर्वोच्चमा रिट दायर गरेका थिए ।

पहिरोले म्याग्दी र मुस्ताङ जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध शुक्रबार, असार १५, २०८०

काठमाडौं–हेटौँडा जोड्ने कान्तिलोकपथ पहिरोले अवरुद्ध शुक्रबार, असार १५, २०८० काठमाडौं–हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्गत पर्ने ललितपुर जिल्लाको भट्टेडाँडास्थित बाग्मतीको पुल नजिकै शुक्रबार बिहान पहिरो जाँदा काठमाडौं–हेटौँडाको यातायात अवरुद्ध भएको छ ।

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची शुक्रबार, असार १५, २०८०

विद्यालय कर्मचारी परिषद्ले भन्यो– आन्दोलन थप जटिल मोडमा पुग्यो,बैठकमा उपस्थित भइदिनू शुक्रबार, असार १५, २०८०

मौसम : काठमाडौं उपत्यकामा वर्षा, अन्य भू–भागमा के हुन्छ ? शुक्रबार, असार १५, २०८०

कोशी प्रदेश सभा बैठक बस्दै शुक्रबार, असार १५, २०८० कोशी प्रदेश सभाको बैठक शुक्रबार बिहान ११ बजे बस्दैछ ।

शुक्रबार ११ बजेसम्मका लागि कोशी प्रदेश सभाको बैठक स्थगित बिहीबार, असार १४, २०८० कोशी प्रदेश सभाको बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।










