आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का दोषी ठहर, १ वर्ष तीन महिना कैद गर्न आदेश

काठमाडौं— विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यद्वय शालिग्राम कोइराला र डा. खुशीप्रसाद थारूको इजलासले उनलाई दोषी ठहर गरेको हो । खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ पुस २३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले उनलाई १ वर्ष ३ महिना कैद सजाय र १८ करोड रुपैयाँ बिगो भराउने आदेश गरेको छ ।
खड्का डिभिजन सडक कार्यालयको प्रमुख हुँदा अनियमिततामा मुछिएका थिए । उनी कार्यकारी निर्देशक भए कै बेला नेपाल आयोग निगमको जग्गा अनियमितता प्रकरण भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८० १६:१४