राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं— संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक संसद् भवन नयाँबानेश्वरमा दिउँसो साढे २ बजे बस्नेछ ।
बैठकमा राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले विनियोजन विधेयक २०८० को सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन् भने र्थमन्त्री डा.प्रकाशशरण महतले विनियोजन विधेयक २०८० बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि छलफलका साथै पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
कार्यसूची अनुसार मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि दफावार छलफल हुने र सो विधेयक पारित गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८० ०८:१७













