News Griha :: न्यूजगृह
गुरुङ, शाह र गौतमलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं—  सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका ३ आरोपितलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि उक्त आदेश दिएको हो । आफूहरूलाई गैरकानूनी तरिकाले हिरासतमा राखिएको भन्दै मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघि काठमाडौं जिल्ला अदालतले उनीहरूसहित ४ जनालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई बुधबार ७ दिनको समय दिएको थियो ।

पक्राउ परेका अन्य ३ जना सर्वोच्च अदालतको अन्तरिम आदेश देखाएर छुटेका थिए।  उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार पक्राउ गरेको हो । 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १३:१०
Weather Update