News Griha :: न्यूजगृह
विद्यालय कर्मचारी परिषद्ले भन्यो– आन्दोलन थप जटिल मोडमा पुग्यो,बैठकमा उपस्थित भइदिनू

काठमाडौं— एक महिनादेखि काठमाडौंमा तलब, सेवासुविधा र पेसागत स्थायित्व माग गर्दै आएको नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलन थप जटिल मोडमा पुगेको भन्दै बैठक आह्वान गरेको छ ।

नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका महासचिव शान्तिनाथ योगीले बिहीबार राष्ट्रिय समितिका पदाधिकारी, सदस्य तथा सातै प्रदेशका  अध्यक्ष र जिल्ला अध्यक्षहरूलाई पत्रमार्फत बैठक बोलाएका हुन् ।

महासचिव योगीद्वारा जारी पत्रमा भनिएको छ,‘विद्यालय कर्मचारीहरूको विभिन्न सेवासुविधासहित पेसागत स्थायित्वको माग राख्दै विद्यालय कर्मचारी संयुक्त संघर्ष समिति घोषित आन्दोलनका कार्यक्रम तथा थप जटिल मोडमा पुगेको छ ।’

बैठक आइतबार विद्यालय कर्मचारी परिषद्को केन्द्रीय कार्यालय कलंकीमा बस्ने तय भएको छ ।

बैठकमा आगामी कदम, सरकारसँग वार्ताको अवस्थालगायतका विषयमा छलफल हुने बताइएको छ ।  


 

karma1688088363.jpg

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  ०७:१०
Weather Update