News Griha :: न्यूजगृह
शुक्रबार ११ बजेसम्मका लागि कोशी प्रदेश सभाको बैठक स्थगित

विराटनगर— कोशी प्रदेश सभाको बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

सभामुख बाबुराम गौतमसँगको छलफलपछि शुक्रबार ११ बजेसम्मका लागि बैठक स्थगित भएको प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए ।

मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले विश्वासको मत लिने कार्यसूची थियाे । उनी नेकपा एमालेबाट मुख्यमन्त्री बनेका थिए । केन्द्रमा सत्ता समीकरण बदलिएपछि काेशीमा एमाले अल्पमतमा छ । 

koshi1688056276.jpg

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  २२:१२
Weather Update