चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य ९ करोड ८४ लाख पुगे

बेइजिङ— चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का सदस्यहरू ९ करोड ८४ लाख पुगेका छन् ।
सन् २०२२ को अन्त्यसम्ममा पार्टीका सदस्यहरू करिब १० करोडको हारहारीमा पुगेका छन् । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको सङ्गठन विभागले शुक्रबार गरेको घोषणाअनुसार यसका सदस्य ९ करोड ८४ लाख पुगेको उल्लेख छ ।
जुलाई १ मा चिनियाँ कम्यनिस्ट पार्टीको १०२औँ स्थापना दिवसको पूर्वसन्ध्यामा सो जानकारी दिइएको हो । तथ्याङ्कअनुसार सन् २०२१ देखि यो सङ्ख्या लगभग १.३३ मिलियन अथवा १.४ प्रतिशतले बढेको पाइएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८० १५:०४